सरकारले ल्यायो कोरोना ट्रेसिङ एप

काठमाडौं । कोरोना नियन्त्रण र रोकथाममा प्रविधिको क्षेत्रबाट उल्लेख्य प्रयास भइरहेको भन्दै सरकारले सबैलाई एकिकृत गरेर प्रभावकारितामा जोड दिन आवश्यक रहेको बताएका छन् । शनिवार नेपाल सरकारका प्रतिनिधिहरु सहित विभिन्न विज्ञहरुसँग भएको छलफलमा इन्टिग्रेटेड ट्रेसिङ तथा स्व परिक्षण एप ल्याउनु जरुरी हुने कुरामा जोड दिइएको छ ।

पूर्वमन्त्री गणेश शाहको संयोजकत्वमा आयोजना भएको वृहत छलफल कार्यक्रममा नाष्टका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले धेरै युवा, स्टार्टअप र सस्थाहरुले नयाँ इन्नोभेसन, एप्लिकेशन, रोबोट, भेन्टिलेटर लगायतका प्रविधिहरुको विकासमा काम गरिरहेको हुदा, यसलाई अझ प्रभावकारी बनाउन नेपाल सरकार र नाष्टले सहकार्य गर्ने बताए ।

प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलिले सरकारले विपद व्यवस्थापन केन्द्रमा आइटीको समुह बनाएर भइरहेका प्रयासलाई एकिकृत गर्न लागिएको जानकारी दिए । डेटा एनालाइसिस गरि त्यसलाई नलेजमा रुपान्तर गरेर काम गर्नुपर्ने आवश्यक्ता रहेको बताउदै उनले सरकारले यस तर्फ काम गरिरहको बताए ।

नेपाल टेलिकमले सुरुदेखि नै कोरोना नियन्त्रणमा विभिन्न प्रविधि र प्रयोगबाट काम गरिरहेको बताउँदै भइरहेको प्रवन्ध निर्देशक डिल्लि अधिकारीले बताए । ट्राकिङ र ट्रेसिङमा सरकारसँग सहकार्य गरि टेलिकमले काम गरिरहेको बताउदै उनले टेलिकमबाट सञ्चालित कोरोना सर्भे प्रभावकारी भएको जानकारी दिए ।

सूचना तथा सञ्चार मन्त्रालयका पुर्व सहसचिव विरेन्द« मिश्रले प्रदेश ५ सरकार र नगरपालिकाहरुले प्रयोग गरिरहेका विभिन्न एप्लिकेशनहरु प्रभावकारी भएको भन्दै सरकारले त्यसलाई एउटै ड्यासबोर्डमा ल्याउन सके अझ राम्रो हुने धारणा व्यक्त गरे । अहिलेको संकटको परिस्थितीले नेपाल अब डिजिटल प्रविधिमा जान सक्ने बातावरण बनेको भन्दै इन्नोभेटरहरुलाई अघि बढ्न प्रोत्साहन गरे ।

प्रदेश ५, आइसिटी बोर्डका कार्यकारी निर्देशक अनुप बास्कोटाले प्रदेश ५ सरकारले ल्याएको नेपाल ट्रेसिङ एप्लिकेशन मार्फत कारोना संक्रमितलाई ट्राक गर्न सकिने भएपनि अझै नेपालमा प्रविधिको इप्लिमेन्टेसनमा समस्या रहेको बताए ।

प्रविधि बनाउन सजिलो भएपनि यसको सहि तरिकाले प्रयोग गर्न कठिन भएको बताए । प्रदेश ५ ले विकास गरेको प्रविधि प्रदेश ६ र अन्यमा पनि प्रयोग गर्न लागिएको जानकारी दिँदै उनले धेरै एप्लिकेशन सञ्चालन भएपनि त्यसको मोनिटरिङ, डेटा म्यानेजमेन्ट र सेक्युरिटीको कुरामा भने विशेष ध्यान दिनुपर्ने बास्कोटाले बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको प्रविधि र इन्नोभेसन उप समितिका संयोजक प्रा.डा रमेश मास्केले अहिले विकास भइरहेका प्रविधिहरुलाई प्रोत्साहन गर्दै जानुपर्ने बताए । उनले भने, हामि डिप्रेस हुने नभइ इन्नोभेसनमा लाग्ने हो ।
नाष्टका वरिष्ठ निर्देशक तथा डा रबिन्द्र ढकालले नाष्ट सरकारसँग सहकार्य गरि इन्नोभेटरलाई प्रवद्धन गर्दै प्रविधिको विकास र प्रयोगमा लगिरहेको बताए । कार्यक्रममा विभिन्न इन्नोभेटर तथा विज्ञहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा एआई विज्ञ डा. विशेष खनाल, राम लक्ष्मण रिमाल, पाइला टेक्नोलोजीका विनय राउत, नक्साका को फाउण्डर उत्तम पुडासैनी, स्मार्टपालिकाका मनोज भट्टराई लगायतले कोरोना नियन्त्रणमा आफुले गरिरहेका प्रयास र सरकारले गर्नुपर्ने संयोजन र सहयोगको बारेमा विचार राखेका थिए ।

सरकारले हालको विभिन्न कार्यहरुलाई एउटै एपमा समावेश गर्नेगरि एकिकृत एप ल्याउन लागेको अनलाइन छलफलमा प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलीले जानकारी दिए ।

एप निमार्ण कार्य सकिसकेको र परिक्षणमा रहेको बताउदै उनले केहि दिनमै प्रधानमन्त्रीले यसको सार्वजनिक गर्ने बताए ।’कोभिड एनपी नाम रहेको एप प्ले स्टोरमा उपलब्ध भइसकेको जानकारी दिदै,’ उनले भने, ‘यो एपले ब्लूटूथ ट्राकिङ्ग मार्फत कोरोनाभाइरसको संभावित संक्रमितहरुलाई पत्ता लगाउन सहयोग गर्न सक्दछ । एपमा अनुमतिसहित लोकेसनको बारेमा समेत जानकारी दिने सुबिधा रहेको छ भने यसले तपाईँको फोन नम्बर हेर्नसक्ने सुविधा अर्थात अलाउ रिड फोन नम्बर भन्ने फीचर रहेको छ ।’

कोभिड १९ ट्रेसिङ गर्ने सो सरकारी एपबाट अनलाइन सपिङ्ग समेत गर्नसकिने सुविधा छ । यो एपलाई संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतको राष्ट्रिय सूचना प्रविधि केन्द्रले तयार पारेको हो । एपले ब्लुटुथ प्रविधिमा आधारित रहेर डेटा एनालाइसिस गर्दै रिपोर्ट दिनेछ ।

Source : ratopati

SHARE NOW :

Leave a Reply

Your email address will not be published. Required fields are marked *