ने वि संघ का नेता भण्डारीको प्रश्न सम्पन्न विद्यार्थीलाइ अनलाइन कक्षा तर गरीब विद्यार्थीले के गर्ने

कोरोना महामारीको कारण बिश्व नै एक भुमीरी मा परेको अवस्थामा सबै बिद्यालय, कलेज र बिश्वबिद्यालयहरु बन्द रहेको अवस्था छ, यस्तो विषम परिस्थितिमा विद्यार्थीको पढाई र परीक्षाबारे चिन्तन गर्दै सामाजिक संजालमा अनेकौं टिका-टिप्पणीहरु र बिज्ञहरु ले आफ्ना ब्यक्तिगत धारणाहरु व्यक्त गरेका छन्। त्यसै बिषयमा सरकारको ध्यानाकर्षण गराउदै ने वि संघ बैतडी का नेता अनिल भण्डारी ले आफ्नो व्यक्तिगत धारणा व्यक्त गरेका छन्।

नेता भण्डारीले लकडाउनको समयमा विभिन्न बिद्यालय, कलेज र बिश्वबिद्यालयहरुले अनलाइन कक्षा सुरु गरेका सबैलाइ अवगत नै छ। उक्त कक्षा मा अध्ययन गर्न सम्पन्न परिवारका बिद्यार्थीलाई उपयुक्त र प्रभावकारी रहेको तर ग्रामीण भेगका विद्यार्थी र विपन्न परिवारका जो अध्ययन गर्न पनि रात काम गरेर भाडा तिर्छन् त्यस्ता विद्यार्थीहरुलाई उक्त प्रविधि बाट अध्ययन गर्न असम्भव भएको जनाएका छन्। त्यसैले विद्यार्थी नेता भण्डारीले ग्रामीण भेगका विद्यार्थी र गरिब परिवारका विद्यार्थीलाई ध्यानाकर्षण गरि यथाशीघ्र उनीहरूलाई प्रभाव पर्ने उचित योजना ल्याएर केही निर्णयहरु गर्न सरकार समक्ष आफ्ना सुझाव राख्दै सरकार को ध्यानाकर्षण गराएका छन् साथै भण्डारीले नेपाल विद्यार्थी ‌संघका सम्पुर्ण नेता बिज्ञहरु तथा कार्यकर्तालाई आफ्नो ठाउँबाट मर्कामा परेका विद्यार्थीलाई सक्दो सहयोग गर्न समेत अनुरोध गरेका छन्। र हिमाली तथा पहाडी क्षेत्रमा अधिकतम इन्टरनेट को सुविधा २G नै रहेको सबै लाइ अवगत नै छ त्यसैले त्यस्तो ठाउँमा सरकारको ध्यानाकर्षण होस्।नेता भण्डारीले भने
यतिको लामो समय सम्म सरकारले ठोस कदम चाल्न आवश्यक देखिन्छ।जँहा इन्टरनेट सेवा छ त्यहाँ त इन्टरनेट बाट अध्ययन गर्छन् तर जहाँ इन्टरनेट पुगेको छैन, त्यहाँ कसरी पुगाउने भन्ने कुरा मा सरकार ले के पहल चालेको छ।
यि सबै कुरा लाइ ध्यानाकर्षण गर्दै सरकार ले छिट्टै ठोस कदम चाल्न आवश्यक छ भन्ने सुझाव दिएका छन्।

SHARE NOW :

Leave a Reply

Your email address will not be published. Required fields are marked *