वीरगञ्जमा थपिएका १७ संक्रमित एकै परिवारका सदस्य

२४ वैशाख, वीरगञ्ज । बुधबार थपिएका १७ जना कोभिड – १९ का संक्रमित वीरगञ्जको एकै परिवारका सदस्य भएको पाइएको छ ।

वीरगञ्ज महानगरपालिका-३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको आइतबार पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरूको परीक्षण गरिएको थियो ।त्यसक्रममा उनको परिवारका सबै सदस्यको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । संक्रमित हुनेमा दुई महिनाको शिशुदेखि ८६ वर्षका वृद्धसमेत छन् ।

संक्रमित परिवारका सदस्यहरूले भने लकडाउन घोषणा भएपछि आफूहरू बाहिर नगएको बताएका छन् । अस्पतालका अधिकारीहरू ३६ वर्षका पुरुषलाई भएको संक्रमणको स्रोत नै पत्ता नलागेको बताउँछन् ।

अब परिवारको सबै सदस्यमा संक्रमण देखिएकाले उनीबाट परिवारको सदस्यमा सरेको हो कि अर्का सदस्यबाट हो भन्ने यकिन गर्न नसकिने वीरगञ्जस्थित चण्डीनाथ गणका गणपति मदनजंग राणाले जानकारी दिएका छन् ।

SHARE NOW :

Leave a Reply

Your email address will not be published. Required fields are marked *